राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चितवनमा बनिरहेको गौतमबुद्ध रङ्गशालामा एक कुर्सी संस्थाको नाममा किनेको छ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका पदाधिकारीहरुले कुर्सी किनेको जानकारी दिएका हुन्।
धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रङ्गशालामा आर्थिक समस्या भएको र त्यसमा सघाउ पुर्याउने उद्देश्यले संघले कुर्सी किनेको हो। संघले एनएनआइपीए स्पोर्टस अवार्डबाट बचत भएको एक लाख रुपैयाँ कुर्सी बुक गर्न दिएको हो।
उक्त रकम बराबरको चेक शुक्रबार आयोजना भएको कार्यक्रममा फाउण्डेसनका सञ्चालक सिताराम कट्टेललाई हस्तान्तरण गरिएको छ ।
करिब तीन अर्वको लगानी रहेको रङ्गशालामा आर्थिक समस्या भएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले विभिन्न अभियान सञ्चालन गरी सहयोग जुटाउँदै आएको छ।