पोल्याण्डमा भइरहेको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिप २०२१ अन्तर्गत आज भएको प्रारम्भिक बक्सिङ बाउटमा लाइटफ्लाइको ४८ केजी तौल समूहमा नेपालकी सुष्मा तामाङले जित हात पारेकी छिन्।
सुष्माले लिथुआनिया डिजालाई तेस्रो राउण्डमा आरएससीको आधारमा पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेकी छिन्।
पहिलो राउण्डदेखि नै निकै आक्रमक रूपमा विपक्षी खेलाडीमाथि आफ्नो प्रभाव देखाउँन सफल सुष्माले दोस्रो राउण्डमा अझै उत्कृष्ठ खेल देखाएकी थिइन्।
तेस्रो राउण्डमा उनको कडा प्रहारले लुथियानाकी बक्सरलाई रेफ्रीले दुईपटक काउण्ट दिँदै खेल नै स्थगित गरी सुष्मालाई आरएससीको आधारमा विजयी घोषित गरेका थिए।
अब उनको क्वार्टरफाइनलको भिडन्त आयोजक पोल्याण्डकी खेलाडी नतालिसयाँ डोमिनिकल्कासँग हुनेछ।
उक्त भिडन्त जितेमा नेपालले आइबा युथ विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक पदक जित्न सफल हुनेछ।