नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका पूर्वअध्यक्ष कृष्णबहादुर बलाल तेक्वान्दो (आइटिएफ) ब्लाक बेल्ड सातौं डानको उपाधि हात पारेका छन्।
नेपाली समय अनुसार चैत्र २८ गते बेलुका अमेरीकाको भर्जेनिया शहरमा तेक्वान्दो ग्रान्डमास्टर रियोस वलिभरोले लिएको बेल्ट परिक्षामा उत्कृष्ट नतिजा ल्याउँदै बलालले छैटौं डानबाट सातौं डानमा स्त्तोन्नती गरेका हुन्।
ब्लक बेल्ड सातौं डान बेल्ट परिक्षामा उत्रिणा भएका बलालले तेक्वान्दो मास्टरको उपाधि पनि हाँसिल गरेका छन्।
आईटिएफ तेक्वान्दोमा सातौं डानको उपाधि हाँसिल गर्ने बलाल नेपालका एक मात्र प्रशिक्षक भएका छन्। दुई कार्यकाल नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको नेतृत्व गरेका बलाल नेपाल राष्ट्रिय मार्सलआर्ट महासंघ(एमएनजीसी) का सस्थापक अध्यक्ष पनि हुन्।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले सातौं डान परिक्षाका लागि बलालको नाम मनोनयन गरि अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोशन उप–समितिमा सिफारिस गरेको थियो।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोशन उप–समितीको १४ मार्चमा बसेको बोर्ड बैठकबाट बलाललाई परिक्षामा सामेल गर्ने निर्णय गरेको नेपाल आईटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमालले जानकारी गराएका हुन्। धमला एशियाली तेक्वान्दो महासंघका कार्यकारी सदस्य पनि हुन्।