कोरोना संक्रमित भएका भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्।
कोरोना संक्रमण भएको ६ दिनपछि तेन्दुलकरले शुक्रबार ट्विट गर्दै आफू मुम्बइस्थित एक अस्पतालमा भर्ना भएको जानकारी दिएका हुन्। आफू कुन अस्पतालमा भर्ना भएको जानकारी गराएका छैनन्।
तेन्दुलकरलाई मार्च २७ गते कोरोना संक्रमण भएको थियो।
चिकित्सकको सल्लाहअनुसार आफू अस्तालमा भर्ना भएको उनले बताएका छन्। आफू छिट्टै निको भएर घर फर्किने आफ्नो ट्विटमा उल्लेख गरेका छन्।