चन्द्रागिरी नगरपालिका क्षेत्रमा कराते कलाका सुत्रधार नेपाल सितोरियो कराँतेका संस्थापक सदस्य धनबहादुर महर्जनको स्मृतिमा धन बहादुर खेलकुद प्रतिष्ठानको आयोजनामा चन्द्रागिरी-१० बोसिगाँउमा छैठौं धनबहादुर स्मृति राष्ट्रिय कराते प्रतियोगिता भएको छ।
प्रतियोगितामा आयोजक टिमसहित सात प्रदेश २ सय जना खेलाडीहरुले विभिन्न तौलमा प्रतिस्पर्धा गरेका थिए।
पुरुषतर्फ आयोजक टिमका जेमिन महर्जन तथा महिला तर्फ लुम्बिनी प्रदेशका रक्षा शाही उत्कृष्ट घोषित भएका छन्। कातातर्फ रिहान जाबेदले स्वर्ण पदक जितेका छन्।
३ स्वर्ण, ३ रजत, १ काश्य पदक जितेर बागमती प्रदेशको टिम तेस्रो हुन सफल भयो भने ३ स्वर्ण, ४ रजत, ३ काश्य पदक जितेर गण्डकी प्रदेश दोस्रो अनि १० स्वर्ण, ५ रजत, ४ काश्य पदक जितेर आयोजक टिम प्रथम हुन सफल भएको छ।
सम्पुर्ण खेलाडीहरुलाइ बधाई तथा थप हौसला दिई विभिन्न सहयोगी ब्यक्ति संघ संस्थाहरुलाइ धन्यवाद दिदै आयोजक धनबहादुर खेलकुद प्रतिस्थानका अध्यक्ष तथा वरिष्ठ कराते प्रशिक्षक संघरत्न महर्जनले प्रतियोगिता समापनको घोषण गरे।