सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर किंग्सविरूद्ध लुम्बिनी लायन्सले टस जितेको छ।
टस जितेको लुम्बिनीले पहिले बलिङ गर्ने भएको छ।
पाँच खेलमा चार जित निकालेको विराटनगर प्लेअफ नजिक छ। आजको जितले उसको शीर्ष दुई स्थानको समेत सम्भावना छ। यता पाँच खेलमा दुई खेलमा मात्र जित निकालेको लुम्बिनीका लागि आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ। आजको खेलमा जित निकाले उसको प्लेअफ सम्भावना हुनेछ।
दुवै टोलीमा एक एक खेलाडी परिवर्तन छ। विराटनगरले शेहान जयसूर्याको स्थानमा फाप डु प्लेसिसलाई खेलाउँदैछ। यस्तै युएईको आइएलटी२० खेल गएका गुल्बादिन नइबको स्थानमा लुम्बिनीले जेजे स्मितलाई खेलाएको छ।
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम (विकेटकिपर), बसिर अहमद, सुवास भण्डारी, साहिल पटेल, नारायण जोशी, फाप डु प्लेसिस, जर्ज मुन्से, साम हिजलेट, मर्स्याङ डि लाङ।
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, तिलकराज भण्डारी, जेज स्मित, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर) डार्शी शर्ट।

