सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ।
कप्तान करण केसीले ११ बलमा १ चौका र ४ छक्काको मद्दतमा नटआउट ३४ रन जोडेपछि काठमान्डुले ८ विकेटको क्षतिमा १५७ रन जोड्यो।
करण केसीले अन्त्यमा उत्कृष्ट ब्याटिङ गरे पनि काठमान्डुको ओपनिङ खराब रह्यो।
काठमान्डु ओपनिङ ब्याटर बेन चार्ल्सवर्थ डक आउट भए। दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल बलिङ गर्न आएका लुम्बिनीका शेर मल्लले उनलाई गोल्डन डक गरे।
त्यसपछि काठमान्डुले रशिद खानलाई पठायो। रशिद पाँचौं ओभरमा रुबेल ट्रम्पलम्यानको बलमा १४ रनमा क्याच भए। उनले १० बलमा २ चौका प्रहार गरे।
त्यसपछि ओपनर आकाश त्रिपाठी र मिलिन्द कुमारले चौथो विकेटका लागि ३१ रनको साझेदारी गरे। आकाशले शेर मल्लको बलमा डार्शी सटबाट क्याच हुनुअघि ३६ बलमा ३ चौका प्रहार गर्दा ३२ रन बनाए।
१२औं ओभरमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले दुई विकेट लिएपछि काठमान्डु संकटमा पर्यो। रोहितले यो ओभरको दोस्रो बलमा जोन सिमसनलाई ७ रनमा कट एन्ड बाउल्ड गर्दा अन्तिम बलमा मिलिन्द कुमारलाई १७ रनमा विकेट पछाडि शेर मल्लबाट क्याच गराए। मिलिन्दले २० बल खेल्दा १ चौका प्रहार गर्न सके।
लगातार विकेट गुमाएको काठमान्डुका सन्तोष यादवले १६ बलमा २ छक्काको मद्दतमा २६ रन र इरासमसले १५ बलमा २ चौकाको मद्दतमा १७ रन बनाए। सन्तोष १७औं ओभरमा ट्रम्पलम्यान र इरासमस १८औं औभरमा गुल्बादिन नइबको बलमा क्याच भएका थिए।
तर १९औं ओभरमा ट्रम्पलम्यान खर्चिलो सावित भए। उनले यो ओभरमा ३१ रन खर्चिदा काठमान्डुले १५० रन कटाएको थियो।
यो ओभरमा काठमान्डुका कप्तान करण केसीले आक्रामक ब्याटिङ गरेर आफ्नो टोलीलाई राहत दिए। करणले पहिलो बलमा छक्का प्रहार गरे। नो बल भएको दोस्रो बलमा चौका, फ्रि हिटमा छक्का, तेस्रो बलमा छक्का, चौथो बलमा एक रन, पाँचौ बलमा आदिल अन्सारीले एक रन र अन्तिम छक्का प्रहार गरे। जसका कारण काठमान्डुलाई राहत मिल्यो।
अन्तिम ओभरको पहिलो बलमा गुल्बादिनको बलमा क्याच भएका आदिल अन्सारीले ४ रन मात्र जोड्न सके। करणले नटआउट ३४ रन जोड्दा १ चौका र ४ छक्का प्रहार गरे।
बलिङमा लुम्बिनीका ट्रम्पलम्यान, शेर मल्ल, गुल्बादिन नइब र रोहित पौडेलले २-२ विकेट लिए।
काठमाडौंले पहिलो खेल जित्दा त्यसपछिका लगातार दुई खेल गुमाइसकेको छ। यस्तै पहिलो खेल जितेको लुम्बिनी दोस्रो खेलमा पराजित भएको थियो।