प्रविधि कम्पनी याङगो ग्रुप अन्तर्गतको याङगो नेपालले लुम्बिनी लायन्ससँग दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अफिसियल टाइटल स्पोन्सरशिप सम्झौता गरेको छ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले याङगोलाई टाइटाल स्पोन्सरको रूपमा स्थागत गर्न पाउँदा खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरे।
उनले भने,'याङगोलाई हाम्रो टिमको टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौ।'
लुम्बिनी लायन्ससँगको टाइटल स्पोन्सर सम्झौतापछि याङगो नेपालका प्रतिनिधिले भने,'क्रिकेट नेपालमा सबैको प्रिय खेल हो जसले सबैलाई जोड्ने माध्यम बनेको छ। हामी लुम्बिनी लायन्सलाई सहयोग गर्न पाउँया निकै उत्साहित छौ।'
याङगो दुबईमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो। यसले विश्वका विभिन्न ठाउँबाट विकास गरिएका प्रविधिहरूलाई स्थानीय समुदायका आवश्यकता अनुसार दैनिक सेवाहरूमा रूपान्तरण गर्छ। जसमा मोबिलिटी, नेभिगेसन, डेलिभरी, फुडटेक, मनोरज्जन,र एआई असिस्टेन्ट लगायतका सेवा समावेश छन्।
लुम्बिी लायन्सको मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेन हुन्। एनपि-एलका लागि टिमले अहिले एक्स्ट्राटेक ओभलमा फ्लडलाइटमा प्रशिक्षण गरिरहेको छ।
आगामी सिजनका लागि लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक र मेष्टर नियुक्त गरेको छ। आइपिएल विजेता प्रशिक्षक रोविन सिंहलाई मेम्प्टर र पूर्व भारतीय क्रिकेटर टिनु योहोन्नानलाई मुख्य प्रशिक्षकका रूपमा अनुबन्ध गरिएको छ।
लुम्बिनीले यस सिजनका लागि रोहितसहित सन्दीप जोरा, सुमित महर्जन, विनेश अधिकारी, अभिषेक गौतम, र तिलक भण्डारीलाई रिटेन गरेको छ भने दुर्गेश गुप्ता, विलिप नाथ, शेर मल्लन आदिल खान, र विशाल पटेललाई अक्सनमार्फत अनुबन्ध गरेको छ।
यस्तै विदेशी खेलाडीहरूमध्ये अष्ट्रेलियाका डार्सी शर्ट, इटालीका थोमस ब्रका र अफगानिस्तानका गुलबदीन नेवलाई टोलीले अनुबन्धन गरिसकेको छ।