बार्सिलोनाले नेइमार बाहिरिएपछि उनको स्थानमा लिभरपुलका फिलिप काउटिन्होलाई क्लबमा भित्र्याउने पक्का भएको छ।
बार्सिलोना स्टार लिओनल मेसीले आफ्ना नजिकका साथीहरुलाई काउटिन्हो यसै सिजनदेखि क्लबमा भित्रिन लागेको जानकारी गराएका छन्। नेइमार यसै साता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जादैँ छन्।
स्पेनिस पत्रिका डारियो गोलले काउटिन्हो बार्सिलोनाका व्यवस्थापक इर्नेस्टो भाल्भेर्डेको पहिलो रोजाई रहेको बताएको छ।
यसअघि लिभरपुलले काउटिन्होका लागि करिब १२ अर्ब १० करोडको बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको थियो। सन् २०१३ मा इन्टर मिलानबाट लिभरपुल भित्रिएपछि उनी इङ्लिस क्लबका स्टार खेलाडी हुन्।
नेइमार पिएसजी जाने भएपछि ब्राजिलियन खेलाडी काउटिन्होका लागि तानातान भएको थियो। नेइमार आफूसँगै काउटिन्होलाई पिएसजी लैजान चाहन्थे।