पोर्चुगिज सुपरस्टर क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा अर्को विश्व कीर्तिमान कायम गरेका छन्। उनी शनिबार चार फरक क्लबका लागि १०० गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन्।
जीवनको अर्को विश्व कीर्तिमान बनाएको दिन भने उनको टोली भने सफल हुन सकेन।
उनको टोली अल नासरले साउदी अबरेबियाको सुपर कपको फाइनलमा पराजित भयो। २-२ को बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुटआउटमा अल अहलीसँग ५-३ गोलले पराजित हुँदा अल नासर सुपर कपको उपाधि विमुख बन्यो।
खेलको पहिलो हाफमा गोल गर्दै ४० वर्षीय रोनाल्डोले साउदी क्लब अल नासरका लागि आफ्नो १००औं गोल पूरा गरेका हुन्। उनी डिसेम्बर २०२२ मा यस क्लबमा सामेल भएका थिए। तर उनले क्लबका लागि मुख्य उपाधि भने जित्न सकेका छैनन्।
यसअघि उनले रियल मड्रिडका लागि ४५० गोल, म्यानचेस्टर युनाइटेडका लागि १४५ र युभेन्टसका लागि १०१ गोल गरेका थिए।
यो कीर्तिमानसँगै रोनाल्डोले तीन फरक क्लबका लागि १०० गोल गर्ने ब्राजिलका स्टार खेलाडी रोमारियो र नेयमार जस्ता खेलाडीलाई पछि पारेका छन्।
रोनाल्डो राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन्। पोर्चुगलका लागि १३८ गोल गरेका रोनाल्डोको नाममा राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने अर्को विश्व कीर्तिमान छ।