आर्सनल र लिभरपुलले बराबरी खेल्दा इंग्लिस प्रिमियर लिगको अंक तालिकामा म्यानचेस्टर सिटीको शीर्षस्थान कायम भएको छ।
नवौं खेलमा साउथह्याम्पटनलाई पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको थियो भने लिभरपुलसँग २ अंकको अन्तर बनाएको थियो।
गएराति लिभरपुलले आर्सनलसँग २-२ को बरबरी खेलेर अंक बाडेको छ।
८१ औं मिनेटमा गोल गर्दै मोहम्मद सालाहले लिभरपुललाई सम्भावित हारबाट जोगाएका थिए।
त्यसअघि नवौं मिनेटमै गोल गरेर बुकायो साकाले आर्सनललाई सुरूवाती अग्रता दिलाएका थिए।
१८ मिनेटमा लिभरपुलका भर्जिल भ्यान डाइकले बराबरी गोल फर्काए।
४३ औं मिनेटमा आर्सनलका मिकेल मरिनोले अग्रता दोब्बर पारेपछि पहिलो हाफमा आर्सनलले २-१ को अग्रता लिएको थियो।
८१ मिनेटमा सालाहले गरेको गोल निर्णायक बन्दा खेल २-२ को बराबरीमा सकिएको थियो।
लिगको नवौं खेल सकिँदा लिभरपुल २२ अंकसहित दोस्रो र आर्सनल १८ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको सिटीको २३ अंक छ।