म्यानचेस्टर सिटीले स्पार्टाविरूद्ध जित निकालेको छ।
च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा सिटीले स्पार्टाविरूद्ध ५-० गोलको सानदार जित निकालेको हो।
इतिहाड स्टेडियममा स्पार्टलाई पराजित गर्दा अर्लिङ हालाण्डले दुई गोल गरे।
तेस्रो मिनेटमा फोडनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
त्यसपछिका चारै गोल सिटीले दोस्रो हाफमा गरेको थियो
५८ मिनेटमा हालाण्डले अग्रता दोब्बर बनाए। ६४ मिनेटमा स्टोन्स र ६८ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरे।
८८ मिनेटमा सिटीले पाएको पेनाल्टीलाई म्याथ्युस नुनेजले सदुपयोग गरेपछि सिटी ५-० गोलले विजयी भयो।
जारी सिजनमा सिटी अपराजित छ। तीन खेल खेलेको सिटीले दुई जित र एक बराबरी खेलेको छ।
गएराति नै भएको लिभरपुलले लिपजिगमाथि १-० गोलको जित निकालेको थियो।