युरोपियन च्याम्पियन्स लिगअन्तर्गत भिनिसियस जुनियरले ह्याट्रिक गरेपछि स्पेनिस क्लब रियल म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ५-२ गोलले पराजित गरेको छ।
पहिलो हाफमा २–० ले पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट खेल देखाएको हो।
बोरुसिया डर्टमण्डलाई ५–२ ले पराजित गरेको थियो ।
६०औं मिनेटमा एन्टोनियो रुडिगरले पहिलो गोल गर्दा दुई मिनेटपछि भिनिसियस जुनियरले बराबरी खेलेका थिए ।
८३औं मिनेटमा कप्तान लुकास भाज्क्वेजले ३–२ को अग्रता दिलाएका थिए ।
त्यसपछि भिनिसियस जुनियरले दुई गोल गरेर खेलमा रियलको जित निश्चित गराए।