साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह 'बी' को खेलमा भुटानले पहिलो जित निकालेको छ।
सोमबार दशरथ रंगशालामा सोमबार भएको खेलमा भुटानले श्रीलंकालाई ४-१ गोलले पराजित गरेको हो।
भुटानको जितमा डेकी हजोमले दुई गोल गरिन्। उनले आठौं र ७५ मिनेटमा गोल गरेकी हुन्।
यस्तै दोर्जी इडोनले ३१ र नाम्गेल डेमाले ७८ मिनेटमा गोल थपे।
श्रीलंकाकी मदुशिखाले २२ मिनेटमा बराबरी गोल फर्काए पनि भुटानले त्यसपछि तीन गोल गर्यो।
जारी प्रतियोगितामा भुटान समूहमा चार अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। यसअघि भुटानले नेपालसँग बराबरी खेलेको थियो। श्रीलंकाले भने पहिलो खेलमा माल्दिभ्सलाई १-० गोलले हराएको थियो। समूहमा आजै नेपालले माल्दिभ्ससँग खेल्नेछ।