नुनो इस्पिरितो सान्तो इंग्लिस क्लब टोटेनहमको प्रमुख प्रशिक्षक पदबाट बर्खास्तगीमा परेका छन्। उनलाई क्लबले सोमबार बर्खास्त गरेको हो।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग ३-० गोलले पराजित भएको दुई दिनपछि नुनो बर्खास्त भएका हुन्।
उनी चार महिनाअघि टोटेनहमको प्रशिक्षकमा नियुक्त भएका थिए।
टोटेनहम प्रिमियर लिगको अंक तालिकामा आठौं स्थनमा छ। टोटेनहमले पछिल्ला सात प्रिमियर लिगका खेल मध्ये पाँच खेलमा हार बेहोरिसकेको छ।
४७ वर्षीय पोर्चुगिज प्रशिक्षक सान्तोले सन् २०१७ देखि २०२१ सम्म वुल्भ्सको प्रशिक्षक भएर काम गरेका थिए।
त्यसअघि सान्तो एक वर्ष पोर्चुगिज पोर्टोको प्रशिक्षक थिए। उनी २०१४ देखि २०१५ मा भ्यालेन्सियाको प्रशिक्षक थिए।