साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ।
टोलीलाई एयरपोर्टमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए।
आयोजक बंगलादेशसँग सोमबार भएको निर्णायक खेलमा ४-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित बनेको थियो।
नेपाल र बंगलादेशसहित भुटान र श्रीलंकाबीच डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालले आयोजक टोलीविरूद्ध फिक्का सावित बन्यो।
नेपालले श्रीलंका र भुटानविरूद्धका दुवै खेलमा जित निकाले पनि बंगलदेशविरूद्धका दुवै खेलमा पराजय भोग्यो।
पहिलो खेलमा बंगलादेशविरूद्ध ३-२ ले पराजित भएको नेपालले सोमबार भने चार गोल खायो।