साफ च्याम्पियनसिपअन्तर्गत नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ।
खेलको पहिलो हाफ सकिदा नेपालले खेलमा १-० को अग्रता लिएको छ।
नेपालका लागि सुमन लामाले गोल गरेका छन्। उनले खेलको ३१औं मिनेटमा गोल गरे। उनको प्रहार श्रीलंकाका गोलकिपरको हातमा लागेपछि बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा उनले गोल गर्न सफल भए।
सुमनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।
साफमा यसअघि नेपालले आयोजक माल्दिभ्सलाई १-० गोलले हराएको थियो।
साफमा नेपाल र श्रीलंकाबीच अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। ती मध्ये नेपालले तीन खेलमा हार, एक खेलमा बराबरी र एक खेलमा जित हात पारेको छ।
साफमा नेपालले पछिल्लो पटक सन् २०१५ मा श्रीलंकाविरुद्ध खेलको थियो। सो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।
नेपालले सन् १९९९ को साफमा श्रीलंकालाई हराएको थियो। भारतमा भएको खेलमा नेपाल ३-२ ले विजयी भएको थियो। सो खेलमा नेपालका लागि नरेश जोशीले ह्याट्रिक गरेका थिए। त्यसयता नेपालले साफमा श्रीलंकालाई हराउन सकेको छैन।
समग्र तथ्यांक हेर्ने हो भने नेपाल र श्रीलंकाबीच १७ भिडन्त भएको थियो। जसमा नेपाल ३ खेलमा मात्र विजयी भएको छ। ८ खेल बराबरीमा सकिँदा नेपाल ६ खेलमा पराजित भएको छ।
यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स - असोज १५ गते - राति ९:४५ बजे (नेपाल १-० ले विजयी)
नेपाल भर्सेस श्रीलंका - असोज १८ गते - राति ९:४५ बजे
नेपाल भर्सेस भारत - असोज २४ गते - राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश - असोज २७ गते - अपरान्ह ४:४५ बजे