पूर्वफिफा रेफ्री तथा रेफ्री एसोसिएसन नेपालका महासचिव लव खत्रीको निधन भएको छ।
५० वर्षीय खत्रीको सोमबार विहान निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
सोमबार विहान घरको बाथरूममा अचेत अवस्थामा फेला परेका खत्रीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लागिएको थियो।
खत्री पछिल्लो समय रेफ्री इन्स्ट्रक्टरको रूपमा काम गर्दै आएका थिए। सन् २०१८ मा उमेर हदका कारण उनले फिफा रेफ्रीबाट अवकास पाएका थिए।
खत्रीका श्रीमती र एक छोरा छन्।
खत्रीको पार्थिव शरिर अन्तिम श्रद्धान्जलीका लागि आज मध्यान्ह १२ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिने एन्फाको भनाइ छ।