स्पेनिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा रहेको रियल म्याड्रिड पराजित भएको छ।
रियललाई आइतबार भएको खेलमा इस्प्यान्योलले २-१ गोलले पराजित गर्यो। जारी सिजनको ला लिगामा रियलको यो पहिलो हार हो।
खेलको १७ मिनेटमा घरेलु टिम इस्प्यान्योलले अग्रता लिएको थियो। उसका लागि डि तोमासले गोल गरेका थिए।
खेलको ६० मिनेटमा इस्प्यान्योलले अग्रता दोब्बर पार्यो। यसपटक एलिक्स भिदालले गोल गर्न सफल भए।
रियलका लागि करिम बेन्जिमाले ७१ मिनेटमा गोल फर्काएका थिए।
हारपछि पनि रियल ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा कायम छ। रियलको ८ खेलबाट १७ अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको पनि १७ अंक नै छ।
तेस्रो स्थानको रियल सोसिडाडको ७ खेलबाट १६ अंक छ। अहिले सोसिडाडले गेटाफेसँग खेल्दैछ। जित निकाले सोसिडाड ला लिगाको शीर्ष स्थानमा पुग्नेछ।