फ्रेञ्च लिग वानमा पिएसजीले सिजनमा पहिलो हार बेहोरेको छ।
आइतबार भएको खेलमा पिएसजीलाई रेनेसले २-० गोलले पराजित गरेको हो।
रेनेसका लागि लोबार्डेले खेलको ४५ मिनेटमा पहिलो गोल गरे। ४६ मिनेटमा टइटले रेनेसको अग्रता दोब्बर पारेका थिए।
यससँगै पिएसजीको जितको यात्रामा पूर्णविराम लागेको छ।
क्लबमा आबद्ध भएपछि लिओनल मेसीले पहिलो हारको सामना गरेका छन्।
खेलमा पिएसजीले एउटा प्रहार पनि अन-टार्गेट भएन।
मेसी, नेइमार र एमबाप्पे पहिलो रोजाइमा खेले पनि उनीहरूको कुनै जादू चलेन।
यसअघि पिएसजीले लिगमा लगातार आठ खेलमा जित निकालेको थियो।
हारपछि पनि पिएसजीले अंक तालिकामा ६ अंकको अग्रता लिएको छ। पिएसजीको ९ खेलबाट २४ अंक छ। दोस्रो स्थानको लेन्सको १८ अंक छ।