इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। युनाइटेडलाई शनिबार साँझ सकिएको खेलमा एभर्टनले एक एक गोलको बराबरीमा रोकेको हो।
खेलमा अग्रता युनाइटेडले खेलको ४३ मिनेटमा लिएको थियो। उसका लागि एन्थोनी मार्सियलले गोल गरेका थिए।
एभर्टनले खेलको ६५ मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि टाउनसेन्डले गोल गरे।
बराबरीपछि अंक तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडको ७ खेलबाट १४ अंक भएको छ।
शीर्ष स्थानको लिभरपुलको ६ खेलबाट १४ अंक छ। तेस्रो स्थानको एभर्टनको पनि ७ खेलबाट १४ अंक नै छ।