साफ च्याम्पियनसिपअन्तर्गत नेपालले अहिले राति ९:४५ बजे आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। खेलका लागि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्लेइङ-११ सार्वजनिक गरेका छन्।
जसमा गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन्। डिफेन्डरमा गौतम श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ र सुमन अर्याल छन्।
यस्तै मिडफिल्डमा सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट, तेज तामाङ र पुजन उपरकोटी छन्। नवयुग श्रेष्ठ एक्लो फरवार्डको रुपमा खेल्दैछन्।
नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १६ पटक भिडन्त भएको छ। जसमा नेपाल ४ खेलमा मात्र विजयी भएको छ। ४ खेलमा बराबरी खेलेको नेपाल ८ खेलमा पराजित भएको छ।
यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स - असोज १५ गते - राति ९:४५ बजे
नेपाल भर्सेस श्रीलंका - असोज १८ गते - राति ९:४५ बजे
नेपाल भर्सेस भारत - असोज २४ गते - राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश - असोज २७ गते - अपरान्ह ४:४५ बजे