युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीलाई इटालियन क्लब युभेन्ट्सले पराजित गरेको छ।
बुधबार राति भएको समूह ‘एच’ को खेलमा युभेन्ट्सले चेल्सीलाई १-० गोलले पराजित गरेको हो।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले दोस्रो हाफमा गोल गरेको थियो। युभेन्ट्सका लागि चिएसाले गोल गर्न सफल भए।
दोस्रो हाफ सुरु भएको १० सेकेन्डमै चिएसाले गोल गरेपछि घरेलु मैदानमा खुसी छाएको थियो। उनलाई गोल गर्न बेर्नारडेस्चीले पास दिएका थिए।
यो समूहको अर्को खेलमा रसियन क्लब जेनिथले माल्मोलाई ४-० गोलले पराजित गरेको छ।
समूहमा युभेन्ट्स ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको जेनिथको समान ३-३ अंक छ। माल्मोले भने अंक जोड्न सकेको छैन।