युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित हात पारेको छ।
बुधबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २-१ गोलले पराजित गर्यो।
खेलको ५३ मिनेटमा अल्कासरको गोलबाट भिल्लारियलले अग्रता लिएको थियो।
६० मिनेटमा एलेक्स तेलेसले युनाइटेडका लागि बराबरी गोल गर्न सफल भए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा रोनाल्डोले गोल गर्दा युनाइटेडले रोमाञ्चक जित हात पार्यो। उनलाई गोल गर्न लिंगार्डले पास उपलब्ध गराएका थिए।
समूह ‘एफ’ मा युनाइटेड दुई खेलबाट तीन अंक जोड्दै तेस्रो स्थानमा छ। शीर्ष स्थानको एटलान्टाको ४ अंक छ भने दोस्रो स्थानको योङ्ग ब्वाइजको तीन अंक रहेको छ।