अतिरिक्त समयमा दुई गोल गर्दै स्पेन युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार अबेर राति सकिएको खेलमा स्पेनले क्रोएसियालाई ५-३ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि थप गरिएको ३० अतिरिक्त समयमा स्पेनका लागि अल्भारो मोराटा र माइकल ओयर्जाबालले गोल गरेका थिए।
मोराटाले खेलको १०० र ओयर्जाबाजले १०३ मिनेटमा गोल गर्दा स्पेन विजयी भएको हो।
क्रोएसियाका पासालिकले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेसँगै निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा आएको थियो।
त्यसअघि खेलको २० मिनेटमा स्पेनका गोन्जालेजले आत्मघाती गोल गर्दा क्रोएसियाले खेलमा अग्रता लियो।
३८ मिनेटमा स्पेनका साराबियाले बराबरी गोल फर्काउँदा पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो।
५७ मिनेटमा सीजर अज्पीलिक्वेतालले गोल गर्दै स्पेनलाई २-१ गोलले अघि बढाए।
७६ मिनेटमा फेरान टोरेशले स्पेनका लागि तेस्रो गोल गर्दा खेल ३-१ को अवस्थामा पुग्यो।
त्यसपछि क्रोएसियाले दुई गोल गर्दा निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकियो। क्रोएसियाका लागि ओर्सिकले ८५ र पासालिकले इन्जुरी टाइममा गोल गरेका थिए।
अब सेमिफाइनल प्रवेशका लागि स्पेनले फ्रान्स वा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।