बेल्जियम र पोर्चुगलबीच युरो २०२० को अन्तिम १६ मा आइतबार राति प्रतिस्पर्धा हुँदैछ। स्पेनको सेभियामा हुने खेलमार्फत दुवै टिम पहिलो मुख्य प्रतियोगितामा भिड्दैछन्।
-दुवै टिमले समूह चरणमा सात गोल गरेका थिए। बेल्जिमयले तीनै खेल जित हात पार्दै समूह विजेता बनेको थियो। समूह चरणमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पाँच गोल गरे पनि टिमले एक खेलमा मात्र जित हात पार्न सक्यो। जर्मनीसँग पराजित भएको पोर्चुगलले फ्रान्ससँग बराबरी खेल्यो। उत्कृष्ट तेस्रो टिम बन्दै पोर्चुगल अन्तिम १६ मा पुग्यो।
-यो खेलको विजेताले अन्तिम आठमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। खेल जर्मनीको म्युनिखमा २ जुलाईमा हुनेछ।
-दुई टिमबीच युरो कपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यद्यपी पोर्चुगल र बेल्जियमबीच युरो कपको छनोटमा भने प्रतिस्पर्धा भएको छ। पछिल्लो पटक युरो २००८ को छनोटको पहिलो लेगमा पोर्चुगलले बेल्जियमलाई ४-० गोलले हराएको थियो। सो खेलमा रोनाल्डोले दुई गोल गरेका थिए। दोस्रो लेगमा पनि पोर्चुगल २-१ ले विजयी भयो।
-छनोटमा पोर्चुगलले अहिलेसम्म छ खेलमा जित हात पारेको छ। पाँच खेलमा बेल्जियम विजयी भएको छ। सात खेल भने बराबरीमा सकिएका छन्।
-युरो कपमा बेल्जिमयको उत्कृष्ट प्रदर्शन फाइनल पुग्नु हो। सन् १९८० मा फाइनल पुगेको बेल्जियम पश्चिम जर्मनीसँग पराजित भएको थियो।
-युरो २०१६ मा पोर्चुगलले सेमिफाइनलमा वेल्सविरुद्ध हात पारेको जित ९० मिनेटमा हात पारेको पहिलो र एक मात्र जित थियो।
-युरो २०१६ मा पोर्चुगल समूह एफमा तेस्रो बनेको थियो। हंगेरी र आइसल्यान्डसँग पछि पार्दै तेस्रो बनेको पोर्चुगलले अन्तिम १६ मा क्रोएसियालाई १-०, अन्तिम आठमा पोल्यान्डलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराएको थियो। सेमिफाइनलमा वेल्समाथि २-० को जित निकालेको पोर्चुगलले फाइनलमा फ्रान्सलाई १-० गोलले पराजित गरेको थियो।
-पोर्चुगलले युरो पछि अर्को उपाधि जित्ने क्रममा नेशन्स लिगको उपाधि भिडन्तमा नेदरल्यान्डलाई १-० गोलले पराजित गरेको थियो।