कोपा अमेरिका फुटबल प्रतियोगितामा साविक विजेता ब्राजिलले आफ्नो चौथो खेलमा इक्वेइडरसँग प्रतिस्पर्धा गर्दैछ। खेल सोमबार सबेरै विहान २:४५ मा हुनेछ।
यसअघिका तीनै खेलमा जित निकाल्दै ब्राजिल समूह 'बी' बाट अन्तिम आठमा पुगिसकेको छ। इक्वेइडरलाई भने अन्तिम आठमा स्थान बनाउन जितको खाँचो छ।
ब्राजिलले अघिल्लो खेलमा कोलम्बियालाई २-१ गोलले पराजित गरेको थियो।
त्यसअघि ब्राजिलले पेरुलाई ४-० र भेनेजुएलालाई ३-० गोलले पराजित गरेको थियो।
ब्राजिल र इक्वेइडरबीच खेल भइरहदा भेनेजुएला र पेरुबीच खेल हुनेछ।
भेनेजुएलालाई अन्तिम आठमा स्थान बनाउन जितको खाँचो छ भने पेरुलाई बराबरी भए पुग्छ।
समूहमा ब्राजिल ९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको कोलम्बिया र तेस्रो स्थानको पेरुको समान ४-४ अंक छ।
चौथो स्थानको इक्वेइडर र भेनेजुएलाको २-२ अंक छ। कोलम्बिया बाहेक अन्य टिमले अन्तिम खेल खेल्न बाँकी छ।