युरो २०२० को सुरुवाती दुई खेलमा पराजित भएको डेनमार्कले पछिल्ला दुई खेलमा उत्कृष्ट खेल देखाइरहेको छ।
समूह चरणमा फिनल्यान्डविरुद्धको खेलमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा ढलेका थिए।
१५ मिनेट मैदानमा उपचारपछि अस्पताल लागेन क्रममा एरिक्सनको होस आएको थियो।
त्यसपछि सुचारु भएको खेलमा डेनमार्क १-० गोलले पराजित भयो। दोस्रो खेलमा डेनमार्कले सुरुवाती अग्रता लिए पनि बेल्जियमविरुद्ध हार बेहोर्यो।
तेस्रो खेलमा भने डेनमार्कले उत्कृष्ट खेल देखायो। रसियामाथि ४-१ को नतिजासहित डेनमार्कले अन्तिम १६ मा स्थान पक्का गर्यो।
शनिबार भएको अन्तिम १६ को खेलमा पनि डेनमार्क उस्तै फर्ममा देखियो। वेल्समाथि ४-० को जित निकाल्दै डेनमार्क अन्तिम आठमा पुग्यो।
वेल्सविरुद्ध डेनमार्कका कस्पर डोलवर्गले दुई गोल गर्दा जोएकिम मइल्हे र मार्टिन ब्राथवेटले एक एक गोल गरे।
लगातार दुई खेलमा चार गोल गरेसँगै डेनमार्कले कीर्तिमान बनाउन सफल भयो। डेनमार्क युरो कपमा लगातार दोस्रो खेलमा चार वा सो भन्दा बढी खेलमा गोल गर्ने पहिलो टिम बन्यो।
अब डेनमार्कले अन्तिम आठको खेलमा नेदरल्यान्ड्स वा चेक मध्ये एक टिमसँग अजरबैजानको राजधानी बाकुमा प्रतिस्पर्धा गर्नेछ।