इंग्लिस डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले युरो २०२० गुमाउने भएका छन्।
तिघ्रामा चोट बोकेसँगै उनी इंग्लिस टिमबाट बाहिर रहने भएका हुन्।
लिभरपुलका राइट ब्याक आर्नोल्ड बुधबार अस्ट्रियासँगको मैत्रीपूर्ण खेलका दौरान घाइते भएका थिए। खेलमा इंग्ल्यान्ड १-० ले विजयी भएको थियो।
२२ वर्षीय आर्नोल्ड अब कम्तिमा ६ साता मैदान बाहिर बस्नु पर्नेछ।
अब इंग्ल्यान्डले आइतबार रोमानियाविरुद्धको मैत्रीपूर्ण खेलअघि आर्नोल्डको स्थानमा खेल्ने खेलाडीको टुंगो लगाउनेछ।
युरो २०२० का लागि इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले मंगलबार २६ सदस्यीय टिम घोषणा गरेका थिए।
आगामी जुलाई ११ देखि हुने युरो २०२० मा इंग्ल्यान्ड समूह 'डी' मा छ। यो समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्र छन्।