अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम बराबरीमा रोकिएको छ।
बेल्जियमलाई वरीयताको ५१औं स्थानको ग्रिसले १-१ गोलको बराबरीमा रोकेको हो।
खेलको २० मिनेटमा थोर्गन हजार्डको गोलबाट बेल्जियमले अग्रता लियो। उनले यानिक कारास्कोको पासमा गोल गरेका थिए।
ग्रिसका लागि जर्जिओस जाभेलासले ६६ मिनेटमा बराबरी गोल फर्काए।
युरो २०२० अघि बेल्जियमले अब क्रोएसियासँग आइतबार मैत्रीपूर्ण खेल खेल्नेछ।
युरो २०२० को समूह 'बी' मा बेल्जियमसँगै रसिया, फिनल्यान्ड र डेनमार्क छन्।
यता टर्कीले माल्डोभालाई २-० गोलले पराजित गरेको छ भने युक्रेनले उत्तरी आयरल्यान्डलाई १-० गोलले पराजित गरेको छ।
आयरल्यान्ड गणतन्त्रले भने एन्डोरामाथि ४-१ को जित निकालेको छ।