अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले जित हात पारेको छ।
बुधबार राति भएको खेलमा फ्रान्सले वेल्सलाई ३-० गोलले पराजित गर्यो।
फ्रान्सको जितमा एमबाप्पेले ३४, ग्रिजम्यानले ४७ र डेम्बेलेले ७९ मिनेटमा गोल गरे।
वेल्सका विलियन्स २५ मिनेटमा रातो कार्ड पाएपछि मैदानबाट बाहिरिदा फ्रान्सलाई सहज भएको थियो।
इंग्ल्यान्डले अस्ट्रियालाई १-० गोलले पराजित गर्यो। इंग्ल्यान्डको जितमा बुकायो साकाले ५६ मिनेटमा गोल गरे।
यता जर्मनी भने बराबरीमा रोकियो। जर्मनीलाई डेनमार्कले १-१ गोलको बराबरीमा रोक्यो।
जर्मनीका नेउहाउसले ४८ मिनेटमा गोल गर्दा डेनमार्कका पोउल्सेनले ७१ मिनेटमा बराबरी गोल फर्काए।
नेदरल्यान्ड्स र स्कटल्यान्डले २-२ गोलको बराबरी खेले।
नेदरल्यान्ड्सका लागि डिपाएले १७ र ८९ मिनेटमा गरी दुई गोल गरे। स्कटल्यान्डका हेनरीले १० र निस्बेटले ६३ मिनेटमा गोल गरेका थिए।