इटालियन प्रशिक्षक कार्लो एन्सेलोटी स्पेनिस महारथी क्लब रियल म्याड्रिडको नयाँ प्रशिक्षक नियुक्त भएका छन्।
गत साता जिनेदिन जिदानले प्रशिक्षक पदबाट राजीनामा दिएपछि एन्सेलोटी रियलको प्रशिक्षक बनेका हुन्।
उनले रियलको प्रशिक्षक बन्न इंग्लिस प्रिमियर लिग क्लब एभर्टनको प्रशिक्षक त्यागेका छन्।
उनी १८ महिनाअघि एभर्टनको प्रशिक्षक नियुक्त भएका थिए।
उनले रियल म्याड्रिडसँग तीन वर्षको सम्झौता गरेका छन्।
उनी दोस्रो पटक रियलको प्रशिक्षकमा नियुक्त भएका हुन्।
६१ वर्षीय एन्सेलोटी सन् २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक थिए। उनको प्रशिक्षणमा रियलले ११९ खेल खेल्दा ८९ खेलमा जित हात पारेको थियो।