सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ।
मंगलबार राति भएको खेलमा क्रोएसियालाई आर्मेनियाले १-१ गोलको बराबरीमा रोकेको हो।
खेलको २४ मिनेटमा पेरिसिकले गोल गरेर घरेलु टिम क्रोएसियालाई अग्रता दिलाए। ७२ मिनेटमा आर्मेनियाका अन्गुलोले बराबरी गोल फर्काए।
क्रोएसियाले युरो २०२० को तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो।
क्रोएसिया समूह 'डी' मा छ। यो समूहमा क्रोएसियासँगै इंग्ल्यान्ड, स्कटल्यान्ड र चेक छन्।
क्रोएसियाले पहिलो खेलमा इंग्ल्यान्डसँग जुन १३ मा प्रतिस्पर्धा गर्नेछ।
यता पोल्यान्ड र रसियाले पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरी खेलेका छन्।