स्पेनिस सेन्टर ब्याक एरिक गार्यिया बार्सिलोनामा आबद्ध भएका छन्।
उनी इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीबाट स्पेनिस महारथी क्लब बार्सिलोनामा ५ वर्षका लागि आबद्ध भएका हुन्।
२० वर्षीय गार्सियाले युथ करिअर बार्सिलोनाबाटै सुरु गरेका थिए। उनी सन् २०१७ मा म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए।
यसअघि बार्सिलोनाले सिटीबाट स्ट्राइकर सर्जियो अग्युरोलाई २ वर्षका लागि अनुबन्धन गरेको थियो।
गार्सिया सन् २००८ मा बार्सिलोनाको एकेडेमीमा बर्ना भएका थिए।
यो सिजन सिटीका लागि उनले १२ खेलमा मात्र पहिलो रोजाइमा खेल्ने अवसर पाए।
गार्सिया युरो कपका लागि घोषणा गरिएको स्पेनिस टिममा पनि समावेस छन्।