अर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्युरो आगामी सिजनदेखि स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका छन्।
यो सिजनको अन्त्यबाट इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँगको सम्झौता सकिने भएपछि अग्युरो बार्सिलोनामा आबद्ध भएका हुन्।
अग्युरो र बार्सिलोनाबीच दुई वर्षको सम्झौता भयो।
३२ वर्षीय अग्युरोले सिटीमा १० वर्ष बिताए। उनी सिटीका लागि सर्वाधिक गोलकर्ता बने। उनले सिटीबाट ३९० खेल खेल्दै २६० गोल गरे।
उनले सिटीबाट गत शनिबार अन्तिम खेल खेलका थिए। चेल्सीविरुद्धको च्याम्पियन्स लिगको फाइनलमा सिटी पराजित भएको थियो।
अग्युरो एक सय मिलियन युरोको बाइआउट क्लजमा सिटीमा आबद्ध भएका हुन्।
सिटीबाट खेल्दा उनले १५ मुख्य उपाधि जिते।