फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को दोस्रो चरणको छनोटमा चीनले सानदार जित हात पारेको छ।
समूह 'ए' को खेलमा चीनले आइतबार घरेलु मैदानमा भएको खेलमा गुआमलाई ७-० गोलले पराजित गरेको हो।
चीनको जितमा वु लेइले दुई गोल गरे। उनले खेलको २० र ५५ मिनेटमा गोल गरेका थिए।
यस्तै एलनले पनि दुई गोल गर्न सके। दोस्रो हाफमा मैदान छिरेका उनले ८३ र ८७ मिनेटमा गरी दुई गोल गरेका हुन्।
थप गोल जिन जिङडाओले ३९ मिनेटमा, वी चीले ६१ र अल केसेनले ६५ मिनेटमा गरे।
जितसँग विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने अभियानमा रहेको चीनलाई राहत मिलेको छ।
चीन ५ खेलबाट १० अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको सिरियाको ५ खेलबाट १५ अंक छ।
चीनले तीन खेलमा जित, एकमा हार र एक खेल बराबरी खेल्दा सिरियाले खेलका पाँचै खेलमा जित हात पारेको छ।
तेस्रो स्थानको फिलिपन्सको ५ खेलबाट ७ अंक छ भने चौथो स्थानको माल्दिभ्सको समान खेलबाट ६ अंक छ। गुआमले भने अंक जोड्न सकेका छैनन्।
अब समूहमा सबै टिमले तीन तीन खेल खेल्न बाँकी छ। यो समूहका खेल चीनमा हुँदैछ। समूहका खेल जुन १५ मा सकिनेछ।