इराकविरुद्ध नेपालले बराबरी गोल फर्काउन सफल भएको छ।
इराकको बसरामा भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको सातौं मिनेटमा इराकले फ्रिकिकमा सानदार गोल गरेको थियो।
लगत्तै अन्जन विष्टले नवौं मिनेटमा नेपालका लागि बराबरी गोल फर्काए।
खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीले नेपाली टिममा डेब्यू गरेका छन्।
नेपालले विश्वकप छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।
हेर्नुहोस् लाइभ :-
नेपाल र इराकबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएको छ। तीन वटै खेलमा नेपाल पराजित भएको थियो। पछिल्लो पटक सन् २००१ मा विश्वकप छनोटमा नेपाल र इराक भिडेका थिए। सो खेलमा नेपालमाथि इराकले ४-२ को जित निकालेको थियो।
एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो। पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा पनि नेपाल भन्दा १०३ माथि छ। इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।
इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ।
इराकविरुद्ध नेपालको सुरुवाती ११
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान)
डिफेन्डर : गौतम श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, सुमन अर्याल
मिडफिल्डर : मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ
फरवार्ड : अन्जन विष्ट, नवयुग श्रेष्ठ, सुमन लामा
सम्बन्धित समाचारहरू :-
एसियाकै बलियो टिम इराकविरुद्ध नेपाललाई कठिन चुनौती
२० वर्षपछि इराकमा खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
फुटबल टिमका प्रशिक्षक भन्छन्- 'सोचेजस्तो नतिजा नआए खेलाडीलाई होइन मलाई दोष दिनुहोला'
नेपालका कप्तान किरण भन्छन्- इराकविरुद्धको खेल हाम्रो लागि ठूलो अवसर हो