युरो २०२० का लागि इंग्ल्यान्डले ३३ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ। इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले मंगलबार ३३ सदस्यीय टिम घोषणा गरेका हुन्।
यहि साता हुने युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलपछि साउथगेटले २६ सदस्यीय अन्तिम टिम जुन १ मा घोषणा गर्नेछन्।
च्याम्पियन्स लिगमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सी तथा युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियलबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।
आगामी जुलाई ११ देखि हुने युरो २०२० मा इंग्ल्यान्ड समूह 'डी' मा छ। यो समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्र छन्।
इंग्ल्यान्डको प्रारम्भिक टिम
गोलकिपर : डिन हेन्डर्सन, साम जोनस्टोन, जोर्डन पिकफोर्ड, आरोन राम्सडाले
डिफेन्डर : जोन स्टोन्स, लुक शा, ह्यारी माग्युर, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, केल वाकर, ट्योरोन मिङ्ग्स, रेस जेम्स, कोनर कोएडी, बेन चिलवेल, बेन गडफ्रे, केइरन ट्रिपियर, बेन ह्वाइट
मिडफिल्डर : मासन माउन्ट, डेक्लान राइस, जोर्डन हेन्डर्सन, जुडे बेलिङघम, फिल फोडेन, ज्याक ग्रिलिस, केल्भिन फिलिप्स, जिसे लिङ्गार्ड, जेम्स वार्ड प्रोइस, बुकायो साका
फरवार्ड : ह्यारी केन, मार्कस रास्फोड, रहिम स्टर्लिङ, डोमिनिक कल्भर्ट लेविन, मासन ग्रिनउड, ओली वाट्किन्स, जाडोन सान्चो