तीन वर्षअघि लिल फ्रेञ्च लिग वानमा झण्डै रेलिगेशनमा परेको थियो। पछिल्ला चार मध्ये तीन खेलमा जित हात पारेपछि लिल रेलिगेशनबाट बल्लबल्ल बचेको थियो।
तीन वर्षपछि लिलको टिममा ब्यापक परिवर्तन आएको छ। फ्रेञ्च फुटबलको महारथी क्लब पिएसजीलाई पछि पार्दै सिजनको लिग च्याम्पियन बनेको छ।
पिएसजीको बजेटसँग लिलको बजेटको तुलना हुन सक्दैन। पिएसजीको भन्दा एक चौथाइ कम बजेट लिलको छ।
पिएसजीले महँगा खेलाडी भित्र्याउँदा लिलका प्रशिक्षक क्रिस्टोफे गाल्टियरले केही राम्रा खेलाडीलाई आँखा लगाए। साथै पिएसजीले उत्पादन गरेर छाडेका युवा खेलाडीलाई टिममा भित्र्याए।
एक वर्षअघि पिएसजी युरोपियन च्याम्पियन लिगको फाइनलमा पुगेको थियो। पिएसजीलाई च्याम्पियन लिगको फाइनलमा पुर्याएका प्रशिक्षक थोमस टुचेल अहिले इंग्लिस क्लब चेल्सीका प्रशिक्षक छन्। उनको प्रशिक्षणमा चेल्सी अहिले फाइनलमा पुगेको छ। चेल्सीले आगामी शनिबार उपाधिका लागि अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ।
टुचेललाई पिएसजीले गत डिसेम्बरमा बर्खास्त गरेको थियो। स्टार्सवर्गसँग ४-० गोलले पराजित भएपछि उनी बर्खास्तमा परेका थिए। त्यसअघि उनको र पिएसजीका स्पोर्टिङ निर्देशक लियोनार्दोबीच असमझदारी बढेको सार्वजनिक भएको थियो। लियोनार्दोको ब्यवहारबाट टुचेल वाक्क भएका थिए।
टुचेललाई हटाएसँगै पिएसजीले मौरिसियो पोचेटिनोलाई भित्र्यायो। तर पिएसजी सफल हुन सकेन। सुरुमा फ्रेञ्च च्याम्पियनसिपमा पराजित यभो। पछिल्ला नौ सिजनमा पिएसजी च्याम्पियनसिपमा असफल भएको दोस्रो पटक हो।
सिजनमा पिएसजीको खेल एकनासको हुन सकेन। जसका कारण पिएसजी लिगमा मात्र होइन च्याम्पियन्स लिगमा पनि पुरानो शैलीमा स्थापिन हुन सकेन।
पिएसजीको टिमको मुल्य र लिलको टिमको मुल्यमा ठूलो खाडल छ। लिलको पुरै टिमको मुख्य १४७ मिलियन युरो हो भने पिएसजीको टिमको मुल्य ६४० मिलियन युरो हो।
पिएसजीमा स्टार खेलाडी भए पनि लिलमा युवा खेलाडीको बाहुल्यता थियो। जसमा चार जना पिएसजीका खेलाडीको योगदानले थप बल पुग्यो। गोलकिपर माइक माइगन, मिडफिल्डर सौमारे तथा फरवार्डद्वय जोनाथन इकोन र टिमोथी वेह पिएसजीका पूर्व खेलाडी हुन्, जसले लिलको टिममा प्रभाव जमाए।
३७ वर्षीय जोस फोन्टेको प्रदर्शन पनि कम रहेन। इंग्लिस क्लब क्रिस्टल प्यालेस र वेस्ट ह्यामका पूर्व सेन्टर ब्याक फोन्टेले उत्कृष्ट खेल देखाए।
टर्कीका ३५ वर्षीय टर्कीस स्ट्राइकर बुराक यिल्माजले पनि चाहिएको बेलमा गोल निकाल्न सफल भए। उनले अर्का क्यानेडिन फरवार्ड जोनाथन डेभिडसँग उत्कृष्ट साझेदारी गरे।
लिलले पाँचौ पटक उपाधि जित्ने क्रममा २१ खेलाडी मात्र प्रयोग गर्यो। जुन अन्य क्लबको भन्दा कम खेलाडीको प्रयोग हो।