सिजनको इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा जित निकाल्दै लिभरपुल युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ।
अन्तिम खेलमा क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गरेसँगै लिभरपुल अंक तालिकामा तेस्रो भएर च्याम्पियन्स लिगमा छनोट भएको हो।
लिभरपुलको जितमा दुवै गोल साडियो मानेले गरे। उनले ३६ मिनेटमा पहिलो गोल गर्दा ७४ मिनेटमा टिमको अग्रता दोब्बर पारे।
यता अन्तिम खेलमा एस्टन भिल्लासँग २-१ गोलले पराजित भएपछि चेल्सी अंक तालिकाको चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा पुग्यो।
निर्णायक तथा अन्तिम खेलमा टोटेनहमसँग ४-२ गोलले पराजित भएपछि लेस्टर सिटी पाँचौ स्थानमा सीमित भयो भने च्याम्पियन्स लिगमा छनोट हुन सकेन।
लिगको उपाधि विजेता म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा एभर्टनलाई ५-० गोलले पराजित गर्न सफल भयो। दोस्रो बनेको म्यानचेस्टर युनाइटेडले वुल्भ्सलाई २-१ गोलले हरायो।
च्याम्पियन म्यानचेस्टर सिटीले ८६ अंक जोड्यो। दोस्रो भएको युनाइटेडले ७४ अंक बटुल्दा लिभरपुल ६९ अंक जोड्दै तेस्रो भयो।
चौथो भएको चेल्सीको ६७ अंक र पाँचौ बनेको लेस्टरले ६६ अंक जोडे। ६५ अंकसहित वेस्ट ह्याम छैटौं, ६२ अंक जोडेको टोटेनहम सातौं र ६१ अंक जोडेर आर्सनल आठौं भए।