युभेन्ट्सले सिजनको पहिलो उपाधि जित्ने क्रममा कोप्पा इटालियाको उपाधि जितेको छ।
बुधबार राति भएको फाइनल भिडन्तमा एटलान्टालाई २-१ गोलले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो।
खेलको ३१ मिनेटमा कुलुसेभेस्कीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए।
४१ मिनेटमा एटलान्टाका मिलानोभेस्कीले बराबरी गोल फर्काउन सफल भए।
७३ मिनेटमा युभेन्ट्सका फेडेरिको चिएसाले गोल गर्दा खेल २-१ को स्थितिमा आएको थियो।
युभेन्ट्सले १४औं पटक कपको उपाधि जितेको हो। यस्तै आन्द्रे पिर्लोले प्रशिक्षकको रूपमा पहिलो मुख्य उपाधि हात पारे।
फाइनल खेलमा ४३ सय दर्शकलाई रंगशालामा प्रवेश गराइएको थियो। कोरोना भाइरसपछि इटालीमा दर्शकको उपस्थितिमा खेलाइएको यो अहिलेसम्मकै ठूलो खेल हो।