युरो कपका लागि जर्मनीले २६ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ।
राष्ट्रिय टिममा वार्यन म्युनिखका स्ट्राइकर थोमस मुलर र बोरुसिया डर्टमुन्डका डिफेन्डर माट्स हुमेल्स दुई वर्षपछि फर्किएका छन्।
प्रशिक्षक जोचिम लोले २०१९ पछि मुलर र हुमेल्सलाई टिममा स्थान दिएका हुन्।
३१ वर्षीय मुलरले सिजनको बुन्डेस लिगामा वायर्नका लागि ११ गोल गर्दा १८ एसिस्ट गरेका थिए। ३२ वर्षीय हुमेल्सले डर्टमुन्डबाट जर्मन कप जितेका थिए।
गत वर्ष जर्मनीले नेसन्स लिगमा फराकिलो हार बेहोरेको थियो। नोभेम्बर २०२० मा जर्मनीमाथि स्पेनले ६-० को जित निकालेको थियो। त्यतिबेला दुवै जना राष्ट्रिय टिममा थिएनन्।
जर्मनी युरो कपमा समूह 'एफ' मा छ। यो समूहमा जर्मनीसँगै फ्रान्स, हंगेरी र पोर्चुगल छन्।
गत वर्ष हुनुपर्ने युरो कप कोरोनाका कारण एक वर्षपछि हुन लागेको हो। युरो कप आगामी जुन ११ देखि जुलाई ११ सम्म हुनेछ।
जर्मन टिम
गोलकिपर : म्यानुयल नेउर, केभिन ट्राप, ब्रेन्ड लेनो
डिफेन्डर : एन्टोनियो रुडिगर, माट्स हुमेल्स, माथियस जिन्टर, निकलास सुइले, इम्रे कान, लुकास क्लोस्टरम्यान, रोबिन गोसेन्स, रोबिन कोच, क्रिस्टियन गुन्टर, मार्सेल हाल्सटेनवर्ग
मिडफिल्डर : जाउसा किमिच, इकाली गुन्डोगान, काइ हाभर्ट्ज, टोनी क्रुस, लियोन गोरेट्जका, लिरोए साने, जोनास होफम्यान, फ्लोरियन नेउहाउस, जमल मुसियाला
फरवार्ड : सेर्जी गिनर्बी, थोमस मुलर, टिमो वेर्नर, केभिन भोलान्ड