स्पेनिस ला लिगामा बार्सिलोनाले आइतबार राति भएको खेलमा जित हात पारेको छ।
बार्सिलोनाले भ्यालेन्सियामाथि ३-२ को जित निकाल्यो। बार्सिलोनाका लागि लिओनल मेसीले दुई गोल गरे। उनले खेलको ५७ र ६९ मिनेटमा गरी दुई गोल गरेका थिए। बार्सिलोनाका लागि एक गोल एन्टोनी ग्रिजम्यानले ६३ मिनेटमा गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भ्यालेन्सियाका लगि गाब्रियलले ५० र सोलेरले ८३ मिनेटमा गोल गरेका थिए।
जितसँगै अंक तालिकाको तेस्रो स्थानमा रहेको बार्सिलोनाले ७४ अंक जोडेको छ। दोस्रो स्थानको रियल म्याड्रिड पनि ७४ अंक नै छ। शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ७६ अंक रहेको छ।
लिगमा चार चरणको खेल बाँकी रहेको अवस्थामा अब बार्सिलोनाको उपाधि जित्ने लक्ष्यमा शीर्ष दुईमा रहेका म्याड्रिड क्लबको प्रदर्शनमा भर पर्नेछ।
बार्सिलोनाले शनिबार एट्लेटिकोसँग भिड्नेछ। जित हात पारे बार्सिलोना उपाधि यात्रामा केही बलियो हुनेछ।
बार्सिलोनाका लागि एट्लेटिको म्याड्रिडविरुद्ध जित हात पारेर मात्र पुग्दैन रियल म्याड्रिडले अंक गुमाउनु पर्ने हुन्छ। किनकी बार्सिलोना सिजनका दुवै खेलमा रियलसँग पराजित भएको थियो।