म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ।
बुधबार राति भएको खेलमा एस्टन भिल्लामाथि २-१ को जित निकाल्दै सिटी उपाधि नजिक पुगेको हो।
बुधबार सिटीको जितमा फोडेनले २२ मिनेट र रोद्रीले ४० मिनेटमा गोल गरेका थिए।
त्यसअघि पहिलो मिनेटमै भिल्लाले अग्रता लियो। भिल्लाका लागि म्याकगिनले गोल गरे।
खेलमा दुवै टिम १० खेलाडीमा सीमित बनेका थिए। सिटीका स्टोन्सले ४४ मिनेटमा रातो कार्ड पाएका थिए।
५७ मिनेटमा भिल्लाका कासले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
जितसँगै सिटीले ३३ खेलबाट ७७ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३२ खेलबाट ६६ अंक रहेको छ।