नेपाल सुपर लिग (एनएसएल) टिम एफसी चितवनले इजिप्ट दुई खेलाडी भित्र्याएको छ।
चितवनले मिडफिल्डरद्वय एल सायेद शाबन र अहमेद मोहमेद गाबालालाई टिममा भित्र्याएको हो।
दुवै खेलाडी शुक्रबार नेपाल आइपुगेका छन्। सायेदले गत सिजन इजिप्टको दोस्रो डिभिजनको क्लब एल कोनाहाबाट खेलेका थिए। यस्तै गाबाले शीर्ष डिभिजनको क्लब वाडी डेग्ला एससीबाट आबद्ध थिए।
चितवनको प्रशिक्षकमा मेघराज केसी छन्। यस्तै भरत खवास मार्की खेलाडी रहेका छन्।
वैशाख ११ देखि जेठ १ सम्म दशरथ रंगशालामा हुने एनएसएलमा चितवनसहित सात टिमबीच प्रतिस्पर्धा हुनेछ।
चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ।
