फ्रेञ्च लिग वानमा साविक विजेता पिएसजी पराजित भएको छ।
शनिबार राति भएको खेलमा पिएसजीलाई लिलले १-० गोलले पराजित गर्यो।
लिलको जितमा जोनाथन डेबिडले निर्णायक गोल गरे। उनले खेलको २० मिनेटमा गोल गरेका थिए।
खेलमा दुवै टिम १०-१० खेलमा सीमित बनेका थिए।
खेलको ९० मिनेटमा पिएसजीका नेइमार दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।
त्यसअघि नेइमारले ४८ मिनेटमा पहिले पहेँलो कार्ड पाएका थिए। उनले बेन्जामिन आन्द्रेलाई फल गरेका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा लिलका थियागो जालोले पनि दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए।
हारपछि पिएसजी दोस्रो स्थानमा झरेको छ भने लिल शीर्ष स्थानमा पुगेको छ।
लिलको ३१ खेलबाट ६६ अंक भने पिएसजीको ६३ अंक रहेको छ।
यता मेट्जलाई ४-० ले हराएको मोनाको तेस्रो स्थानमा उक्लिएको छ। मोनाकोको ६२ अंक छ।