इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी उपाधितर्फ अघि बढेको छ। सिटीले शनिबार राति भएको खेलमा लेस्टर सिटीमाथि २-० गोलको जित निकाल्यो।
सिटीको जितमा मेन्डेले खेलको ५८ मिनेटमा पहिलो गोल गरे। ७४ मिनेटमा ग्राबियल जेससले सिटीको अग्रता दोब्बर पारे।
यता साविक विजेता लिभरपुलले आर्सनललाई ३-० गोलले पराजित गरेको छ।
लिभरपुलको जितमा जोटाले ६४ मिनेट र ८२ मिनेटमा गरी दुई गोल गरे। सलाहले ६८ मिनेटमा एक गोल गरे।
अंक तालिकामा सिटी ३१ खेलबाट ७४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अंक छ। लेस्टर ३० खेलबाट ५६ अंक जोड्दै तेस्रो स्थानमा छ।
चेल्सी ३० खेलबाट ५१ अंक जोड्दै चौथो र लिभरपुल ४९ अंक जोड्दै पाँचौ स्थानमा छन्।