स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ। शनिबार भएको खेलमा रियलले एइबारलाई २-० गोलले पराजित गरेको हो।
रियलको जितमा एसेन्सियोले खेलको ४१ मिनेटमा पहिलो गोल गरे।
७३ मिनेटमा करिम बेन्जिमाले रियलको अग्रता दोब्बर पारेका थिए।
बेन्जिमाले रियलका लागि पछिल्ला ७ खेलमा ९ गोल गरिसकेका छन्।
जितसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो। रियलको २९ खेलबाट ६३ अंक भएको छ। तेस्रो स्थानमा झरेको बार्सिलोनाको २८ खेलबाट ६२ अंक छ।
शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले रियल भन्दा ३ अंक बढी जोडेको छ। एट्लेटिकोको २८ खेलबाट ६६ अंक छ।