विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ बाट धरासायी बन्दै गएको नेपालको अर्थतन्त्र, खेलकुद र मनोरञ्जन क्षेत्रलाई प्रोत्साहन गर्न चैत २८ गते दशरथ रंगशालामा सरकारी प्रतिनिधि, कलाकार, व्यवसायीबीच फुटबलको भिडन्त ‘कोभिड कप-२०२१’ हुने भएको छ।
मैत्रीपूर्ण फुटबल खेलमा सरकारी प्रतिनिधि, चलचित्र कलाकार, हाँस्य कलाकार, लोक तथा आधुनिक गायक तथा संगीतकारहरू ,नेपाल क्रिक्रेट संघ, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान, लायन्स क्लब, एनप्याब्सन, सामाजिक अभियन्ताहरू लगायतका टोलीले खेल्ने आयोजक टिमका रमेश अधिकारीले जानकारी दिए।
कार्यक्रममा विभिन्न ख्याती प्राप्त कलाकारबाट मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिने बताइएको छ।
१० बजेदेखि बेलुका ७ बजेसम्म दशरथ रंगशालामा सञ्चालन हुने कार्यक्रममा करिब २५ हजार दर्शकको सहभागिता रहने अपेक्षा आयोजकको छ।
६४ औं सहकारी दिवसको अवसरमा 'कोभिडले थलिएका हामी अब उठ्नु छ' भन्ने नाराका साथ आयोजना गरिएको मैत्रीपूर्ण फुटबलको आयोजना जिल्ला सहकारी संस्था लिमिटेड काठमाडौं र मिडिया हेराल्ड प्रालिले गरेका हुन्।