फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा नेदरल्यान्ड्स र बेल्जियमले फराकिलो जित हात पारेका छन्।
नेदरल्यान्ड्सले समूह 'जी' को खेलमा जिब्राल्टरलाई ७-० गोलले पराजित गरेको हो।
नेदरल्यान्ड्सको जितमा डिपेले दुई गोल गर्दा बर्गुइस, डे जोङ, विज्नाल्डम, मालेन र भान डे वीकले एक-एक गोल गरे।
यो समूहको अर्को खेलमा टर्कीलाई लाट्भियाले ३-३ गोलको बरारबिमा रोकेको छ। नर्वेले भने मोन्टेनेग्रोलाई १-० गोलले हराएको छ। समूहमा टर्की ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थनको नेदरल्यान्ड्सको ६ अंक छ।
यता समूह 'ई' को खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोलले पराजित गरेको छ। यो समूहको अर्को खेलमा वेल्सले चेक रिपब्लिकलाई १-० गोलले पराजित गरेको छ।
समूह 'ए' को खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३-१ गोलले हराएको छ। लक्जेम्बर्गले खेलमा पहिले अग्रता लिए पनि पोर्चुगलका लागि जोटाले पहिलो हाफको इन्जुरी टाइममा बराबरी गोल फर्काए। रोनाल्डोले ५० मिनेटमा दोस्रो गोल गरे भने अल्भेसले ८० मिनेटमा तेस्रो गोल गरे।
यो समूहको अर्को खेलमा सर्वियाले अजरबैजानलाई २-१ हराएको छ।
समूहमा ३ खेलबाट ७ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा छ। दोस्रो स्थानको सर्वियाको पनि ७ अंक नै छ।